७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लेकमा ईञ्जिनियरिङ् एक्स्पो सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा ईञ्जिनियरिङ् एक्स्पो सुरु भएको छ । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेको ईञ्जिनियरिङ् प्रोजेक्टमा आधारित एक्स्पोको सोमबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रिवन काटेर उद्घाटन गर्नुभयो । संगै उहाँले राखिएका स्टलमा अवलोकन गर्नुकासाथै ती प्रोजेक्टका बारेमा जानकारी लिनुभएको थियो ।

दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका ५० प्रोजेक्ट राखिएको छ । जसमा छडको ठाउमा बासको प्रयोग गरि भनव निर्माण गर्न सक्ने देखि मादक पदार्थ सेवन गरेको परिणाम पत्ता लगाउन सक्ने प्रोजेक्ट छन् । एक्स्पोमा नयाँ कुराभन्दा पनि भएका कुरामा केबाट प्रतिस्पर्धी लाभ लिन सकिन्छ भन्ने कुरालाई एक्स्पोमा बिद्यार्थीले प्रस्तुत गरेको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनुभयो ।

एक्स्पोमा छडको विकल्पको रुपमा बाँसलाई अंगाडी सारिएको छ । बाँसलाई ट्रिटमेन्ट गरेर छडको विकल्पमा प्रयोग गर्ने हो भने छडजत्तिकै टिकाउपनि हुने र लागतका हिसावले पनि कम खर्चिलो तथा स्वदेशी उत्पादन हुनेभएकाले छडको आयात प्रतिस्थापनमा समेत योगदान हुने उक्त प्रोजेक्टमा सहभागि विद्यार्थीहरुले बताएका छन् । हाल युरोपका केही देशमा बाँसको प्रयोगले केही प्रोजेक्टहरु समेत सम्पन्न भईसकेको ति बिद्यार्थीले बताए ।

शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुले २००५२ सालमा स्थापना गरेको लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा प्रत्येक २ वर्षमा एक्स्पो सञ्चालन हुँदै आएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको एक्स्पोलाई बिद्यार्थीहरुले सिकेका कुरालाई जाँच्ने कडीका रुपमा समेत लिईएको छ ।

सिभिलका २२, कम्प्युटरका ९ र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका १९ प्रोजेक्टहरु एक्स्पोमा समावेश गरिएको कलेजका प्राचार्य ईञ्जिनियर शिवराज बरालले बताउनु भयो । जसमा रोवोर्ट, ब्रिज (पुल), नदिमा कसरी पुल जोड्ने, हाईड्रो, घरभित्र भएका उपकरणहरुलाई बाहिरबाट कसरी कन्ट्रोल गर्ने जस्ता प्रविधिहरु समेत छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी