८ बैशाख २०८३, मंगलबार | April 21, 2026

लेकमा ईञ्जिनियरिङ् एक्स्पो सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा ईञ्जिनियरिङ् एक्स्पो सुरु भएको छ । कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेको ईञ्जिनियरिङ् प्रोजेक्टमा आधारित एक्स्पोको सोमबार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रिवन काटेर उद्घाटन गर्नुभयो । संगै उहाँले राखिएका स्टलमा अवलोकन गर्नुकासाथै ती प्रोजेक्टका बारेमा जानकारी लिनुभएको थियो ।

दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका ५० प्रोजेक्ट राखिएको छ । जसमा छडको ठाउमा बासको प्रयोग गरि भनव निर्माण गर्न सक्ने देखि मादक पदार्थ सेवन गरेको परिणाम पत्ता लगाउन सक्ने प्रोजेक्ट छन् । एक्स्पोमा नयाँ कुराभन्दा पनि भएका कुरामा केबाट प्रतिस्पर्धी लाभ लिन सकिन्छ भन्ने कुरालाई एक्स्पोमा बिद्यार्थीले प्रस्तुत गरेको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनुभयो ।

एक्स्पोमा छडको विकल्पको रुपमा बाँसलाई अंगाडी सारिएको छ । बाँसलाई ट्रिटमेन्ट गरेर छडको विकल्पमा प्रयोग गर्ने हो भने छडजत्तिकै टिकाउपनि हुने र लागतका हिसावले पनि कम खर्चिलो तथा स्वदेशी उत्पादन हुनेभएकाले छडको आयात प्रतिस्थापनमा समेत योगदान हुने उक्त प्रोजेक्टमा सहभागि विद्यार्थीहरुले बताएका छन् । हाल युरोपका केही देशमा बाँसको प्रयोगले केही प्रोजेक्टहरु समेत सम्पन्न भईसकेको ति बिद्यार्थीले बताए ।

शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुले २००५२ सालमा स्थापना गरेको लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा प्रत्येक २ वर्षमा एक्स्पो सञ्चालन हुँदै आएको छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको एक्स्पोलाई बिद्यार्थीहरुले सिकेका कुरालाई जाँच्ने कडीका रुपमा समेत लिईएको छ ।

सिभिलका २२, कम्प्युटरका ९ र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका १९ प्रोजेक्टहरु एक्स्पोमा समावेश गरिएको कलेजका प्राचार्य ईञ्जिनियर शिवराज बरालले बताउनु भयो । जसमा रोवोर्ट, ब्रिज (पुल), नदिमा कसरी पुल जोड्ने, हाईड्रो, घरभित्र भएका उपकरणहरुलाई बाहिरबाट कसरी कन्ट्रोल गर्ने जस्ता प्रविधिहरु समेत छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ६ : २७ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई