२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवल माविलाई युनाईटेडक‍ो खाद्यान्न सहय‍ोग



बुटवल । युनाइटेड फाईनान्स लिमिटेडको आफनो २५ औ वार्षिकोत्सबको उपलक्ष्यमा बुटवल शाखाद्धारा जितगढि टोल विकास संस्थाको सहकार्यमा बुटवल माविलाई खाद्यान्न सामग्री सहयोग गरेको छ ।

एक समारोहका बिच वडा नं १ का वडा अध्यक्ष महेन्द्र लिगल, युनाईटेडका बुटवल प्रमुख दिनेशचन्द्र ज्ञवाली, वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत, संस्थाका अध्यक्ष अशोक राईले बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानलाई ४० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष महेन्द्र लिगलले विद्यालयको एसईई तयारी विषयमा धेरै तयारी भएको बताउनुभयो ।

विद्यार्थीहरुले प्राप्त सहयोगको बढिभन्दा बढी लाभ लिन जरुरी रहेको भन्दै आगामी वर्षमा समेत कार्यक्रम लैजान सकिने बताउनुभयो । लिमिटेडका बुटवल कार्यालय प्रमुख दिनेशचन्द्र ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफ्न‍ो स्थापना दिवसमा सामाजिक कार्यहरु गर्दै आएको बताउनुभयो । कार्यक्रममा बुटवल माबिका प्रधानाध्यापक अकरमुल्ला खानले
अभिभावक, शिक्षक र विद्यार्थीहरु मिलेर मेहनत गर्न सके प्रतिफल प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा विकास संस्थाका अध्यक्ष अशोक राईले सबैको सहयोगबाट विद्यालय सुधार हुने आशा ब्यक्त गर्दै आफनो संस्थाबाट नगद १० हजार सहयोगको घोषणा गर्नुभयो । कार्यक्रममा वडा सदस्य ज्ञानु लिगल, नरेन्द्र बस्नेत,
गढिटोल आमा समुहका अध्यक्ष लक्ष्मी पन्त, संस्थाका सहसचिव शान्ति नेपालले शिक्षाबाट नै समाज परिवर्तन हुने भन्दै सबैको सहयोगबाट सफलता मिल्ने बताउनुभयो ।

विद्यालयमा हाल ३ सय ३५ जना विद्यार्थीहरु अध्ययरत छन ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ६ : १२ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा संसदमा परराष्ट्रमन्त्रीको स्पष्टिकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा व्यक्त

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई