२२ चैत्र २०८२, आइतबार | April 6, 2026

कोरोना फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी



रुपन्देही । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश नं ५ मा पूर्वतयारी थालिएको छ । प्रदेशमा अहिलेसम्म रोग देखा नपरे उच्च जोखिममा रहेको हुदा यसको नियन्त्रणका लागि पूर्वतयारी थालिएको हो ।

खुल्ला सिमा भएका कारण कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछी सरकारले यस्तो तयारी गरेको हो । प्रदेशका सिमानाकाबाट भित्रीने र बाहिर जाने अन्य मुलुकमा सवारी साधनलाई प्रवेशमा रोक लगाउने तयारी गरिएको छ । यस्तै सिमानाकामा राखिएका ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाइ विदेशबाट आउने यात्रुाई उच्च निगरानीमा राखी स्वास्थ्य परीक्षण गरी पठाउने व्यवस्था समेत मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यदि कोही यात्रुमा संक्रमणको शंका लागेमा त्यहाँबाट सोझै अस्पताल पुर्याउने व्यवस्था छ ।

एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका ४ जिल्ला अस्पतालमा ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाइएको छ ।

चिनबाट शुरु भएको कोरना भाइरस नेपालमा पनि भित्रिएको पुष्टि भएसँगै संघीय सरकारले जोखिम बढ्न नदिन सावधानी अपनाएको र सबैमा सचेत रहन आग्रह गरेका कारण प्रदेशमा पनि तयारी गरिएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । “आवश्यक परेको समयमा खाली हुने गरि अस्पतालमा बेडको व्यवस्था गरिएको छ । फोकल पर्सन तोकिएको छ । उहाँले भन्नुभयो, “संक्रमण फैलिएमा आवश्यक विशेष सामाग्री तयारी अवस्थामा राखेका छौ । ”
फागुन २६ गते विपद् व्यवस्थापन समितिको बैठक बसेर कोरोना भाइरसको सम्भावित संक्रमण, फैलावट कम गर्न र निम्तने सक्ने विपद् व्यवस्थापनका लागि प्रदेशका विभिन्न स्थानमा क्वारेन्टाईनको उपयुक्त स्थान पहिचान गरी सुरक्षा निकायको समन्वयमा सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी गर्ने निर्णय भएपछी सोही अनुसार काम अगाडी बढाइएको मन्त्री बरालले बताउनुभयो ।

विभिन्न जिल्लामा बैठक बसेर सम्भावित जोखिम न्यूनिकरणका लागि छलफल गरिएको छ । कपिलवस्तुमा सिमानाकामा निगरानीका साथै मिडियामार्फत सचेतनाको कार्यक्रम सचालन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभयो । रुपन्देहीका सिमा क्षेत्रमा पनि निगरानी बढाइएको छ । रुपन्देहीमा सिमानाकामा दुई हजार ५९१ जनालाई स्क्रिनिङ टेस्ट गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
प्रदेशका स्थानीय तहले पनि नागरिकमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन, समुदायमा माइकिङ र पर्चा वितरण गरेर कोरोना भाइरसको संक्रमणबारे जानकारी गराएको तिलोत्तमा नगपालिकाका प्रमुख वासुदेव घिमीरेले बताउनुभयो ।

‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमा पूर्व सावधानी अपनाउन मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धीत मन्त्रालयलाई निर्देशन समेत दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वतयारी बैठकमा उहाँले प्रदेशमा समेत सबै अस्पताललाई सतर्क अवस्थामा रहन र ‘आइसोलेसन वार्ड’बनाएर उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेशका सिमानाकाबाट बाहिरीने र भित्रीने अन्य मुलुकका सवारीलाई प्रवेशमा रोक लगाउनका लागि छलफल गर्न मातहतका कार्यालयलाई निर्देशन दिनुभयो ।

“जहाँ भीडभाड हुन्छ, यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउनुपर्यो,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘परिवार भन्दा बाहिर जमघट नगरौ ।” कोरोना भाइरसको संक्रमण फैलिन नदिन भिडभाडबाट जोगिन आवश्यक रहेको उहाँको भनाइ छ । ज्वरो आउने, रुघाखोकी लाग्ने,घाटी दुख्ने जस्ता लक्षण देखा परे स्वास्थ्य संस्थामा जचाँउन आग्रह गर्दै उहाँले भन्नुभयो, “अहिलेसम्म कुनै असर देखिएको छैन, देखिइ हालेमा पूर्व तयारी गरेका छौ । ” उहाँले भन्नुभयो ।

‘कोरोना भाइरस’को संक्रमण भएपछि ज्वरो आउँने त्यसपछि सुक्खा खोकी लाग्ने केही हप्तापछि सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिने स्वास्थ्य निर्देशनलायका निर्देशक विनोद कुमार गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहिबार  ८ : ४६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको