३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

थप व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छैन : स्वास्थ्य मन्त्रालय



काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका ७०० भन्दा बढीको परीक्षण गर्दा कुनै पनि सङ्क्रमण फेला नपरेको बताउनुभयो ।

यसअघि नेपालमा तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एक जनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको छ ।

विदेशबाट आएका नागरिकले आफूलाई सङ्क्रमण भएको कसरी थाहा पाउने कहाँ बस्ने जस्ता प्रश्न गरिरहेका उल्लेख गर्दै सचिव कोइरालाले भन्नुभयो, “विदेशबाट फर्किका कोही पनि आत्तिनु पर्दैन, यो भाइरसका कारण तपाईहरुलाई रुघा लाग्नसक्छ, खोकी लाग्ने र ज्वरो आउन सक्छ, लक्षण देखिना साथ यही हो भन्ने हुँदैन ।”

उहाले यदि त्यस्तो आशङ्का भएमा आइशोलेसनमा बसेर तीन÷चार दिन हेर्दै गएर लक्षण बढ्दै गएमा अस्पतालमा नमूना परीक्षण गर्नुपर्ने र त्यसको थप उपचार सरकारले अगाडि बढाउने प्रष्ट पार्नुभयो ।

सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रुपमा सञ्चालन गर्न तोकिएको र सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई रु १० लाख रकम उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।

उहाले धेरै डराइकन विश्व स्वास्थ्य सङ्गठनले छ फिट टाढा बस्ने, साबुन पानीले बेलाबेलामा हात धोइरहने, सकेसम्म घरमै बस्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहिबार  ७ : ५६ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा