३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोनाको कहर : घरमा बस्दा पालना गर्नुस् WHO का यी महत्वपूर्ण पाँच सुझाव (भिडियोसहित)



एजेन्सी । कोरोना भाइरसको संक्रमण यो समाचार तयार पार्दासम्म १९९ देशमा पुगिसकेको छ । लाखौँ मानिस कोरोना भाइरसको संक्रमणमा परेका छन् । हजारौँले ज्यान गुमाइसकेका छन् ।

संसारका विभिन्न देशमा अहिले लकडाउन चलिरहेको छ । घरमा कसरी बस्ने ? यो प्रश्न आम नागरिकमा आउनु स्वभाविक हो । घरमा बस्दा पालना गर्नुपर्ने महत्वपूर्ण कुराहरु विश्व स्वास्थ्य संगठनका प्रमुख अधानोम टेड्रोसले सार्वजनिक गरेका छन् ।

पालना गर्नुपर्ने यी पाँच सुझाव

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसंग कार्यगर्न मद्दत गर्दछ ।

२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरसबाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४. शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ वयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बालबालिकालाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् । घरकै भर्याङ सिडीबाट तलमाथि गर्नुहोस् । यसले पनि तपाईँको व्यायम हुन्छ ।

तपाईँ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् ।
घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । तपाईँले यी कुुराहरु छिमेकीलाई पनि भन्न सक्नुहुन्छ । यस्तो बेलामा करुणा र सहयोग एक औषधि हो भन्ने कुरा नभुलौँ ।

संगीत सुन्नुहोस, किता पढनुहोस् अथवा गेम खेल्नुहोस् । यस्तो बेलामा धेरै समाचार नहेर्नुहोस् जसले तपाईँलाई तनाव दिन्छ । जानकारीका लागि विश्वसनीय माध्यमबाट दिनमा एक दुईपटक हेर्नुभए हुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ५० बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा