५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना भाइरस रोकथाम कोषमा लुम्बिनी ईट्टा संघको एक लाख एघार हजार



भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेको छ । संघले कोषमा एक लाख एघार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गरेको हो ।

त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो ।

संघका अध्यक्ष थानेश्वर घिमिरेले प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीमार्फत प्रदेश सरकारलाई तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई सहयोग गर्ने जानकारी गराउनुभएको हो ।

त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन घरमै बस्न संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न