५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना भाइरस रोकथाम कोषमा लुम्बिनी ईट्टा संघको एक लाख एघार हजार



भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेको छ । संघले कोषमा एक लाख एघार एक सय एघार रुपैंया सहयोग गर्ने घोषणा गरेको हो ।

त्यस्तै संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले बताउनुभयो ।

संघका अध्यक्ष थानेश्वर घिमिरेले प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीमार्फत प्रदेश सरकारलाई तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई सहयोग गर्ने जानकारी गराउनुभएको हो ।

त्यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन घरमै बस्न संघले आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको