५ पुस २०८२, शनिबार | December 20, 2025

ओम्नी समूहसँग गरिएको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द



काठमाडौ । सरकारले कोरोना उपचारका लागि भन्दै चीनबाट स्वास्थ्य उपकरण खरिद गर्न गरेको विवादस्पद सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनबाट ओबिसिआई ओम्नी गु्रपसंग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको प्रष्ट पारेको छ । सम्झौता अनुसार स्वास्थ्य उपकरण खरिद नगरिएको र सम्झौताको समेत विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले जानकारी बताउनुभयो ।

ओम्नी ग्रुपले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको, भोलि दोस्रो खेप पनि नआउने भएको एवं कहिले ल्याउँछु पनि नभनेकाले सम्झौता रद्द गर्नु परेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री बजार मूल्य भन्दा बढी रहेको भन्दै आलोचना भएको थियो । सम्झौताअनु्सार गत आइतबार नेपाल एयरलाइन्सको विमानमार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको स्वास्थ्य सामाग्री ल्याएको थियो ।

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा स्वास्थ्य उपकरण खरिदको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ०८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता