५ श्रावण २०८३, मंगलबार | July 22, 2026

ओम्नी समूहसँग गरिएको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द



काठमाडौ । सरकारले कोरोना उपचारका लागि भन्दै चीनबाट स्वास्थ्य उपकरण खरिद गर्न गरेको विवादस्पद सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनबाट ओबिसिआई ओम्नी गु्रपसंग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको प्रष्ट पारेको छ । सम्झौता अनुसार स्वास्थ्य उपकरण खरिद नगरिएको र सम्झौताको समेत विरोध भएपछि ठेक्का सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले जानकारी बताउनुभयो ।

ओम्नी ग्रुपले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेको, भोलि दोस्रो खेप पनि नआउने भएको एवं कहिले ल्याउँछु पनि नभनेकाले सम्झौता रद्द गर्नु परेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाललाई चाहिने स्वास्थ्य सामग्रीको सूचीसहितको सूचना भोलि जारी गर्ने र तीन दिनभित्रमा जोसुकैले पनि निवेदन दिन सक्ने जानकारी दिनुभयो ।

कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री बजार मूल्य भन्दा बढी रहेको भन्दै आलोचना भएको थियो । सम्झौताअनु्सार गत आइतबार नेपाल एयरलाइन्सको विमानमार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको स्वास्थ्य सामाग्री ल्याएको थियो ।

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा स्वास्थ्य उपकरण खरिदको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं