४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : ४३ हजार ५ सय बढिको मृत्यु, संक्रमितको संख्या ८ लाख ७६ हजार



काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख ७६ हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसका कारण संसारभर ४३ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, यसको संक्रमणबाट विश्वका २०३ देश तथा टापुहरु प्रभावित भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ८४ हजार ६ सय ५ जना पूर्ण रुपमा निको भइसकेका छन् भने अरु बाँकी उपचारमै रहेका छन् ।

कोरोनका कारण हाल मृत्युदर २ बाट बढेर प्रति १ मिलियन जनसंख्यामा ५।४ प्रतिशत पुगेको छ । मृत्युदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसको संक्रमण अमेरिकामा निकै द्रुत गतिमा फैलिरहेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी करिब १ लाख ८८ हजार जना संक्रमित भइसकेका छन् भने ४ हजार ५९ जनाको यसका कारण मृत्यु भएको छ ।

उता इटालीमा करिब १ लाख ५ हजार ७ सय ९२ संक्रमित छन् भने सबैभन्दा बढी १२ हजार ४ सय २८ जना मानिसको कोरोना संक्रमणले निधन भइसकेको छ ।

त्यस्तै, स्पेनमा ९ हजार ५३ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ करिब १ लाख २ हजार १ सय ३७ जना संक्रमित छन् ।
यद्यपि अहिले अमेरिका र युरोप कोरोना फैलावटको केन्द्र बनेको छ । जर्मनीमा करिब ७२ हजार संक्रमित छन् भने ७७५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा करिब ५३ हजार संक्रमित हुँदा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । यता इरानमा करिब ४५ हजारमा संक्रमण देखिएको छ भने करिब २९ सय जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको