१० असार २०८३, बुधबार | June 24, 2026

कोरोना अपडेट : ४३ हजार ५ सय बढिको मृत्यु, संक्रमितको संख्या ८ लाख ७६ हजार



काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमित हुनेको संख्या ८ लाख ७६ हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार यसका कारण संसारभर ४३ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ । त्यस्तै, यसको संक्रमणबाट विश्वका २०३ देश तथा टापुहरु प्रभावित भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ८४ हजार ६ सय ५ जना पूर्ण रुपमा निको भइसकेका छन् भने अरु बाँकी उपचारमै रहेका छन् ।

कोरोनका कारण हाल मृत्युदर २ बाट बढेर प्रति १ मिलियन जनसंख्यामा ५।४ प्रतिशत पुगेको छ । मृत्युदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्यांकले देखाएको छ ।

यसको संक्रमण अमेरिकामा निकै द्रुत गतिमा फैलिरहेको छ । हालसम्म अमेरिकामा सबैभन्दा बढी करिब १ लाख ८८ हजार जना संक्रमित भइसकेका छन् भने ४ हजार ५९ जनाको यसका कारण मृत्यु भएको छ ।

उता इटालीमा करिब १ लाख ५ हजार ७ सय ९२ संक्रमित छन् भने सबैभन्दा बढी १२ हजार ४ सय २८ जना मानिसको कोरोना संक्रमणले निधन भइसकेको छ ।

त्यस्तै, स्पेनमा ९ हजार ५३ जनाको मृत्यु भइसकेको छ भने त्यहाँ करिब १ लाख २ हजार १ सय ३७ जना संक्रमित छन् ।
यद्यपि अहिले अमेरिका र युरोप कोरोना फैलावटको केन्द्र बनेको छ । जर्मनीमा करिब ७२ हजार संक्रमित छन् भने ७७५ जनाको मृत्यु भएको छ ।

फ्रान्समा करिब ५३ हजार संक्रमित हुँदा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । यता इरानमा करिब ४५ हजारमा संक्रमण देखिएको छ भने करिब २९ सय जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ११ बजे

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत