१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

कोरोना भाइरसकाे छैटौं संक्रमित नेपालमा भेटियो



काठमाडौ । नेपालमा अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनी चैत ४ गते कतार एयरबाट नेपाल आएका व्यक्ति हुन् ।

संक्रमण देखिएको व्यक्ति उपत्यका बाहिरको रहेको पनि उहाले बताउनुभयो । उहाका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ । ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमा चारजनाको सबैको लभगभ सकिएको छ ।

तर केहीको भने बाँकी रहेको छ । बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थियो । नेपालमा हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । आज संक्रमितको संख्या थपिएसँगै यो संख्या बढेर ६ पुगेको हो ।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गरिएको थियो । सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित भने चैत ४ गते फ्रान्स कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा देखिएको थियो । युएईबाट चैत ६ गते काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो । उनी नेपालमा कोरोना संक्रमण देखिएका तेस्रा व्यक्ति हुन् ।

उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ । यसका साथै उपत्यका बाहिर धनगढीमा र बागलुङमा देखिएका बिरामीको धौलािगरी अस्पतालमा उपचाररत छिन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ४ : ५८ बजे

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ

निर्वाचनका लागि बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै बाँके जिल्लाको भातरसँग

माघसम्म पूर्वी नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

काठमाडौं । नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना