५ श्रावण २०८३, मंगलबार | July 22, 2026

भारतमा तेस्रो चरणमा कोरोना संक्रमण : नेपाललाई खतराको घन्टी !



एजेन्सी । भारतमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको छ । नयाँ दिल्लीको एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले भारतमा कोरोना भाइरसको संक्रमण कम्युनिटी अर्थात तेस्रो तहमा पुगेको जानकारी दिएका छन् । उनले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको बताएका हुन् ।

कोरोना भाइरस तीन चरणमा फैलिने गर्छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र लाग्छ । दोस्रो चरण ती विदेशबाट आएका व्यक्तिले अर्को व्यक्तिमा सार्ने गर्छन् । जब तेस्रो तथा अन्तिम चरणमा एक समुदायले अर्को समुदायमा सार्ने अवस्था आउँछ, तब यो नियन्त्रणमा ठूलो समस्या हुन्छ ।

नेपालमा भने भर्खरै मात्र कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेको छ । तर भारतमा तेस्रो चरणमा पुगेकाले नेपाललाई ठूलो खतरा हुने चिकित्सकहरु बताउँछन् । अब भारतबाट नेपालमा कोरोना भित्रिन नदिनका लागि सरकारले मुख्य ध्यान दिनुपर्नेमा चिकित्सकहरुको जोड छ । नेपालको सीमावर्ती भारतीय क्षेत्रमा भने अझैसम्म कोरोनाको संक्रमण दोस्रो चरणमा रहेकाले नेपालले समयमै सतर्कता अपनाउनु पर्छ ।

खुला सीमा भएकाले नेपाललाई भारतमा समुदाय चरणमा फैलिँदा ठूलो खतरा हुन्छ । नेपालका विभिन्न नाकाबाट आवत जावत बन्द भए पनि मानिसहरु खुसा सीमा फाइदा उठाएर ओहोर दोहोर गरिरहेका छन् । त्यसैले नेपाल सरकारले बेलैमा सबै सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाउनु पर्छ ।

भारतमा मृत्यु हुनेको संख्या १ सय ९ पुगेको छ । संक्रमितको संख्या ४ हजार ६७ पुगेको भारत सरकारले जनाएको छ । अहिलेसम्म २ सय ८१ जना भारतमा उपचारपछि घर फर्किएका छन् ।

भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसका झण्डै ५ सय संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  १२ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं