७ आश्विन २०८३, बुधबार | September 23, 2026

कक्षा ११ र १२ को परीक्षा स्थगित



काठमाडौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ ।

बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए ।

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।
बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ ।

बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलबार  ३ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज