७ आश्विन २०८३, बुधबार | September 23, 2026

मैदा उद्योगीको प्रदेश स्तरीय समिति गठन, प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान



बुटवल । हालै संगठित भएका यस प्रदेशका पिठो उत्पादन गर्ने उद्योगीहरुले गहुँको उत्पादन बढाउन माग गरेका छन् ।

पछिल्ला केही वर्ष यता उत्पादनमा सामान्य बृद्धि भएपनि त्यसले आयात कम गराउन नसकेको बताउँदै उद्योगीहरुले प्रदेशलाई आत्मनिर्भर बनाउने गरि खेतीमा प्रोत्साहनको खाँचो रहेको बताएका छन् ।

यहाँका विभिन्न जिल्लामा रहेको उद्योगीहरुको हालै सम्पन्न भएको भेलाले रुपन्देहीका उद्योगी तथा व्यवसायी श्रीकृष्ण पोखरेलको अध्यक्षतामा पाँच नम्बर प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशन गठन गरेका हुन् ।

संघमा यस प्रदेशका १७ ठूला मैदा उद्योगहरु आवद्ध रहेका छन् । संघले यहाँका अरु उद्योग र सामाजिक संघ संस्था संग समन्वय गरि उद्योगीहरुको सम्बद्र्धन गर्ने लगायतका उद्देश्य राख्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा दर्ता भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उक्त एशोसिएशनको उपाध्यक्षमा गोविन्दप्रसाद गोयन्का, सचिवमा आनन्द ओझा रहेका छन् । यस्तै कोषाध्यक्षमा अरुण गोयन्का र सदस्यहरुमा सुमन भुसाल, श्रीधर शर्मा र विकास गोयन्का रहेका छन् ।

मैदा उद्योग संघका अध्यक्ष श्रीकृष्ण पोखरेलले यस प्रदेशको भैरहवामै राष्ट्रिय स्तरको गहुँको अनुसन्धान केन्द्र रहेकाले पनि सम्भावना धेरै रहेको बताउनुभयो । सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर प्रदेशका सबै जिल्लाहरुमा गहुँको लोकप्रियता बढाउने पर्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

नेपालमा पछिल्लो समयमा गहुँको माग बढ्दो क्रममा छ । पीठोजनित उत्पादनका रुपमा रहेको गहुँलाई विभिन्न परिकार बनाएर खाने चलन छ । नेपालीको खानाखाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक रहेको विज्ञहरूले यसअघि नै जोड दिंदै आएका छन् ।

हाल गहुँको उत्पादन १९ लाख मेट्रिक टन छ । नेपालको जनगणना ०६८ अनुसार जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । सो जनसंख्यालाई धान्न धानको उत्पादन ६० लाख मेट्रिक टन आवश्यक पर्ने विज्ञहरुको भनाइ छ ।

आगामी पाँच वर्षमा गहुँको उत्पादन ७२ लाख मेट्रिक टन पु¥याउनुपर्ने विज्ञहरु बताउँछन् । नेपालका लागि अझै प्रतिवर्ष करिब १० लाख मेट्रिक टन धान अपुग रहेको कृषि तथा पशु विकास मन्त्रालयले जनाएको छ । नेपालमा सरकारले १८ जातका गहुँको बिउ सिफारिस गरेको छ । गहुँको कुल उत्पादनमध्ये ७० प्रतिशत तराईका २२ जिल्लामा हुन्छ ।

प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान

यसैबीच प्रदेश स्तरको रुपन्देही फ्लोर मिल एशोसिएशनले लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीका लागि आठ हजार थान मास्क र केही सेनेटाइजर प्रदान गरेको छ ।

उपचारमा जोखिम मोल्दै हरदम खटिरहनुपर्ने स्वास्थ्यकर्मीका लागि हौसला बढाउनका लागि सानै भएपनि सहयोग सामग्री प्रदान गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज