२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

काठमाडौंको सनसिटी अपार्टमेन्टका एकै परिवारका तीनजनामा कोरोना शंका, अस्पताल भर्ना



काठमाडौ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारका आमा, छोरा र बुहारीमा र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

अपार्टमेन्टको १५ औं तलामा बस्ने उनीहरुलाई कोरोना पोजिटिभ देखिएपछिपाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको उच्च स्रोतले बताएको छ ।

उनीहरुको पिसिआर गर्न पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ ।

उक्त परिवार चैत ५ गते लण्डनबाट फर्किएको बताइएको छ । उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरिएको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने सबैलाई घरभित्रै रहन आग्रह गरेको बताइएको छ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : २१ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई