५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको सख्या १ लाख ३४ हजार पुग्यो, २० लाख ८२ हजार संक्रमित



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख ८२ हजार नाघेको छ ।

र्वल्डमिटरको तथ्यांक अनुसार पछिल्लो तथ्यांकअनुसार विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या मानिसको संख्या २० लाख ८२ हजार ९ सय नाघेको छ । यो समाचार तया गर्दा सम्म ५ लाख १० हजार ३ सय जना निको भएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख ३३ हजार ९८ नाघेको छ ।

त्यस्तै, स्पेनमा १ लाख ८० हजार, इटालीमा १ लाख ६५ हजार, फ्रान्समा १ लाख ४७ हजार र जर्मनीमा १ लाख ३३ हजार संक्रमित पुगेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १ लाख ३४ हजार ६०४पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा अहिलेसम्म २८ हजार ५ सय भन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ६ : ४१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं