५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कोरोना भाइरस : मृत्यु हुनेको संख्या १ लाख ९७ हजार पुग्यो, २८ लाख २८ हजारबढी संक्रमित



काठमाडौ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ८४ जना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको छ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका महामारीबाट हालसम्म २८ लाख २८ हजार ९१ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार २२२ जना नयाँ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमित मध्ये हालसम्म ७ लाख ९८ हजार ३३१ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख १७ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ८२० जना निको भएका छन् । ती मुलुकहरुमा ५६ हजार ८६ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख १२ हजार ५४५ जना कोरोना संक्रमित निको भएका छन् भने शनिबारसम्म १६ हजार ५८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार ४७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ५ हजार ५२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका २९ हजार ९७८ जनामध्ये ९ हजार १२१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने उपाचार गराइरहेका १९ हजार ३४९ जनामध्ये १४८ जनाको अवस्था गम्भीर छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ६ हजार २४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ ८ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा पनि शुक्रबार एक नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ८ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं