५ पुस २०८२, शनिबार | December 20, 2025

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो, बारा र पर्साका तीन जनामा संक्रमण



काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ । बुधबार तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले जनाएकोमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ रिपोर्ट आएको छ । संक्रमित हुनेमा बारो जीततपुर सिमरा नगरपालिकाका ४३ वर्षीय पुरुष, सिम्रौनगढका ३१ वर्षीय पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षीय पुरुष रहेका छन् हुन् ।

थप तीन जनामा कोरोना संक्रमण देखिएको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले बताए । उनका अनुसार कोरोना पोजेटिभ देखिएका बाराका दुइ र पर्साका एक जनालाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भैरहेको छ ।

संक्रमित तीनै जना भारतको राजधानी दिल्लीमा आयोजित तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

५७ जना संक्रमित मध्ये १६ जना भने निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको