१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कस्तो होला मनसुनी वर्षा ? पूर्व र मध्य क्षेत्रका उत्तरी भेगमा बढी वर्षा हुने



काठमाडौं ।आगामी मनुसुन अवधि २०७७ जेठ १९ देखि असोज १४ गतेसम्म० मा नेपालको औषत वर्षा, सरदर ९६ प्रतिशत हुने जलवायु प्रारुपले देखाएको छ । क्षेत्रगत रूपमा नेपालका अधिकांश भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

यद्यपी प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ५० प्रतिशतभन्दा बढी रहेको छ । अन्य भूभागहरुमा त्यो भन्दा कम वर्षा हुने सम्भावना रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो आँकलन विभागको मनसुनी वर्षा आँकलन गर्ने प्रारुप र दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चले सार्वजनिक गरेको दक्षिण एशियाको आगामी मनसुनी वर्षाको आँकलनका आधारमा तयार गरिएको विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो । सामान्यतया सरदर वर्षा भन्नाले कुनै पनि स्थानको लामो समय ९सन् १९८१ देखि २०१०० को ३४ देखि ६७ प्रतिशतको वर्षालाई जनाउँदछ भने सरदरभन्दा कम र बढीको वर्षा भन्नाले क्रमशः ३४ प्रतिशतभन्दा कम र ६७ प्रतिशतभन्दा बढीको वर्षालाई जनाउँछ ।

यस वर्ष बङ्गलादेशको ढाकामा यही वैशाख ८ देखि १० गतेसम्म दक्षिण एशियाली मुलुकहरुको जलवायु दृष्टिकोणसम्बन्धी साझा मञ्चको १६औँ सत्र कोभिड–१९ को महामारीका कारण ‘अनलाइन सत्र’को रूपमा सम्पन्न भएको थियो । उक्त भिडियो कन्फ्रेन्समा दक्षिण एशियाका नेपाल, भारत, पाकिस्तान, भूटान, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र म्यान्माका सरकारी सेवाका मौसम विज्ञानका विज्ञहरु र विश्व मौसम सङ्गठन, विश्व मौसम सङ्गठनको क्षेत्रीय जलवायु केन्द्र भारत, युके मेट अफिसलगायत क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको उहाँले बताउनुभयो ।

यस मञ्चले मुलतः यस वर्षको मनसुनमा दक्षिण एशियाली मुलुकमा हुने वर्षाको अवस्था कस्तो रहन्छ भन्ने विषयमा छलफल केन्द्रित रही यसको आँकलनसमेत गरेको छ । मञ्चका अनुसार दक्षिण एशियाका धेरै भागमा यस वर्षको मनसुनी वर्षा साधारणतयाः सरदर हुने भन्दै आफ्नो साझा दृष्टिकोण सार्वजनिक गरेको छ । सो दृष्टिकोण बमोजिम नेपाल, भारतलगायत धेरैजसो देशमा यस वर्षको मनसुन सिजनमा सरदर वर्षा हुने सम्भावना रहेको छ भने दक्षिणी तथा मध्य पाकिस्तानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

उक्त साझा दृष्टिकोण दक्षिण एशियाको हावापानीलाई मुख्य प्रभाव पार्ने विद्यमान जलवायुको अवस्था र विश्वव्यापी जलवायु प्रारुपको ऋतुगत पूर्वानुमानको प्राविधिक विश्लेषण गरी मौसामविद्हरुद्वारा तयार गरिएको वरिष्ठ मौसमविद् डा कँडेलले बताउनुभयो । साझा दृष्टिकोण तयार गर्ने क्रममा दक्षिण एशियाको जलवायुलाई प्रभाव पार्ने प्रशान्त महासागर र हिन्द महासागरको पानीको तापक्रममा निर्भर रहने जलवायु मोडल र अन्य सूचकको आँकलनसँगै अन्तरऋतु परिवर्तनशीलताका कारकलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ०७ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता