५ पुस २०८२, शनिबार | December 20, 2025

नेकपा सचिवालय बैठक विना निस्कर्ष सकियो, अर्को बैठक २० गते



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक विना निस्कर्ष सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा पार्टीभित्र उत्पन्न विवादबारे छलफल भएको थियो । बैठकमा पार्टीभित्र उत्पन्न समस्या र स्थायी कमिटी बैठकको माग बारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालयको अर्को बैठक बैशाख २० गते बस्ने र सोही बैठकले स्थायी कमिटीको बैठकबारे निर्णइ गर्ने प्रवक्ता श्रेष्ठले बताए । झण्डै साढे ३ घण्टा बसेको बैठकमा नेताहरुबीच गम्भीर छलफल भएको थियो ।

पछिल्लो पटक सरकारले जारी गरेको दुई वटा अध्यादेशपछि पार्टीभित्रको विवाद सडकमा पोखिएको अवस्थामा बुधबार आयोजित बैठकलाई महत्वका साथ हेरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नगरी राजनीतिक पार्टी विभाजनका लागि सहज बाटो खोल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । पार्टी झण्डै झण्डै फुटको अवस्थामा पुगेको छ । शिर्ष नेताले अलिकति पनि विवेक नपुर्याएको अवस्थामा दुई वर्ष अघि एकीकृत बनेको नेपाल कम्युनिष्ट पार्टीमा पुनः विभाजन हुनसक्ने देखिएको छ । दुवै गुटका नेताहरुले आफु निकट सांसदहरुको हस्ताक्षर संकलन समेत सुरु गरेका छन् ।

कोरोना भाइरसको महामारीसँग एकीकृत भएर जुध्नु पर्नेमा पार्टी विभाजनको अवस्थासम्म पुगेपछि पार्टी एकताका पक्षधरहरु भने चिन्तित बनेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं नेता माधवकुमार नेपालबीचको विवाद अहिले सडकमा पोखिए पनि विवादको जड भने गत केन्द्रीय कमिटी बैठकपछि सुरु भएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डको समझदारीमा चलेको पार्टी एवं सरकारका गतिविधिमा प्रचण्डको छायाँ पर्न नदिन ओली समुह सक्रियतापूर्वक लागेको छ भने सरकारका कतिपय काम र गतिविधिलाई प्रचण्ड एवं माधव नेपाल समुहले अस्वीकार गर्दै आएका छन् ।

बालुवाटार, खुमलटार भैसेपाटी र कोटेश्वरमा गुटका अलगअलग बैठकहरु हुन थालेपछि नेकपाको संगठनात्मक पद्दती अहिले छिन्नभिन्न जस्तै बनेको छ । शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी शिर्ष नेताहरुको स्वार्थ र इगोका कारण फुटको संघारसम्म आइपुग्दा संयुक्त मोर्चाको हैसियत जस्तो बनेको देखिएको छ ।

नेकपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेका छन् । ओलीको पक्षमा खुलेर इश्वर पोखरेलले मात्र साथ दिएका छन् भने महासचिव विष्णु पौडेलको पनि साथ रहेकै छ । अध्यक्ष प्रचण्ड र नेता नेपालको पक्षमा भने झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठ रहेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल भने अहिलेसम्म कतै खुलेर लागेका छैनन् । महासचिव पौडेल र थापा पार्टी एकतालाई जोगाउन प्रयासरत रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ९ : ११ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य