१० चैत्र २०७९, शुक्रबार | March 25, 2023

१ सय ९३ सुनचादी व्यवसायीको कोरोना विमा



बुटवल । बुटवल क्षेत्रमा रहेका १ सय ९३ जना सुनचादी व्यवसायीहरुको एकमुष्ट रुपमा कोरोना बीमा गरिएको छ ।

बुटवल सुनचादी व्यवजसाय संघ, बुटवलले हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका बिरुद्ध व्यवसायीहरुको सुरक्षाका लागि संघमार्फत आफ्ना व्यवसायी सदस्यहरुको कोरोना भाईरस (कोभिड-१९) बीमा गराएको संघका अध्यक्ष दिपक कुमार विकले जनाएका छन् । उक्त बिमा शिखर इन्सोरेन्समार्फत कुल १ करोड ९३ लाख बराबरको रहेको छ ।

कोरोना भाइरस(कोभिड-१९) रोगको पिसिआर परीक्षण भई संक्रमित भएको प्रमाणित भएमा व्यवसायीहरुले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । विमाको अवधि एक बर्ष रहेको छ ।

संघले आफ्ना व्यवसायीहरुको स्वाश्थ्य सुरक्षामा ध्यान दिदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जिवन रक्षाका उपायहरु अवलम्बन गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । संघले यस अघि पसलहरुमा कार्यरत करिव २ सय कारीगडहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार  ६ : ०७ बजे

भैरहवामा पहिलो पटक इण्डो–नेपाल बक्सिङ खेल

भैरहवा । शनिबार भैरहवामा इण्डो(नेपाल बक्सिङ खेलको आयोजना हुने भएको

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि

बुटवल । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत्

कञ्चपुरकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

धनगढी । नेपालको कैलाली(कंचनपुरसंग सीमा जोडिएको दुधवा नेसनल पार्क भित्र

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त