२२ माघ २०७९, आइतबार | February 6, 2023

नगर स्तरीय कबितामा सगरमाथाकी ओजस्वी बिजयी



बुटवल । देवदह जेसीजले भिडियो कन्फ्रेन्स मार्फत नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय स्तरीय ‘कबिता प्रतियोगिता’ गरेको छ ।

कोरोना भाईरस (कोभिड-१९) को संक्रमण फैलिन नदिनकालागि लकडाउन गरेका कारण अनलाईन प्रविधिका माध्यमबाट शनिबार देवदह जेसिजले नगर स्तरीय कबिता प्रतियोगिता गरेको हो ।

देशभक्ति भावनालाई प्राथमिकता दिईएको उक्त कबिता प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक बिद्यालयकी विद्यार्थी ओजस्वी न्यौपाने प्रथम, प्रगति माध्यमिक बिद्यालयका विद्यार्थी कृश्चल गौतम द्वितीय, केरवानी माध्यमिक बिद्यालयका विद्यार्थी राहुल सापकोटा तृतीय र भविश्य निर्माण माध्यमिक बिद्यालयका विद्यार्थी प्राप्ती पोखरेल सान्त्वना भएको देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सामुदायिक र संस्थागत १४ बिद्यालयका बिद्यार्थीहरु सहभागि भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने बिद्यार्थीलाई क्रमशः ५ हजार रुपैंया, ३ हजार रुपैंया, २ हजार रुपैंया र १ हजार रुपैंया नगद पुरस्कार ई-सेवा मार्फत प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

त्यस अवसरमा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, बरिस्ठ साहित्यकार नवराज लम्साल, गजलकार डा. घनश्याम न्यौपाने परिश्रमी, कबि सुरेन्द्र अष्टफल, महेश्वर शर्मा लगायत नेपाल जेसीज तथा देवदह जेसिज्का पदाधिकारीहरु कार्यक्रममा सहभागि भएको कार्यक्रम संयोजक देवदह जेसीजका कार्यकारिणी उपाध्यक्ष यमबहादुर थापाले जानकारी गराउनुभयो ।

कार्यक्रमको समापनमा बोल्दै देवदह नगरपालिकाका मेयर खत्रीले मुलुक लकडाउन भएको समयमा पनि जेसीजले प्रविधिको प्रयोग गरेर बिद्यार्थीलाई प्लेटफर्म उपलब्ध गराएको भन्दै आभार व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि स्रष्टाहरुले साहित्यिक रचनाहरु (कबिता) प्रस्तुत गरेका थिए ।

देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव केशवराज पराजुलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार  ८ : ३३ बजे

७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकियो उपमहानगर सम्मेलन

बुटवल । ७ बुँदे बुटवल घोषणा पत्र जारी गर्दै उपमहानगरपालिकाहरुको

माघ २९ गतेका लागि एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को

रास्वपाका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भएकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल

बालुवाटारमा नेत्रविक्रम चन्द ‘विप्लव’र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर

रवि लामिछानेको अभिव्यक्ति प्रति पत्रकार महासंघको आपत्ति

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पत्रकार सममेलनमा