६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ३३ हजार भन्दा बढी पुग्यो



काठमाडौ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन् । हालः विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ९८ रहेको छ । उपचारतमध्ये ५० हजार ९ सय ४७ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ४ सय ५१ जनाको अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ । नेपालमा गत माघ ९ गते कोरोना भाइरसको पहिलो बिरामी देखिएका थिए ।

विश्वमा कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वका २ सय १ देश तक्षा क्षेत्रमा फैलिएको छ ।

पछिल्लो चार महिनाको अवधिमा अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रुस, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पेरु, भारत र स्वीट्जरल्याण्ड कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार १९ जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना भाइरस संक्रमित २ लाख ५ हजार ४ सय ६३ पुगेको छ । यीमध्ये २७ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा १ लाख ७१ हजार २ सय ५३ कोरोना भाइरस संक्रमित रहेकोमा २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

फ्रान्सम कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६७ हजार १ सय ७८ पुगेको छ, जसमध्ये २४ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा १ लाख ६३ हजार ९ जना संक्रमित रहेकोमा हालसम्म ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख २० हजार २ सय ४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यीमध्ये ३ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगेको छ, जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ । इरानमा ९४ हजार ६ सय ४० जना संक्रमित संख्या पुगेको छ । यीमध्ये ६ हजार २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं