२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

चिनियाँ राजदूत यान्छीद्वारा नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालसँग भेट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेकपाका शीर्ष नेताहरू अलगअलग भेट गर्नुभएको छ ।

राजदूत यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गर्नुभएको छ । प्रचण्डलाई भेटेलगत्तै यान्छीले कोटेश्वर पुगेर नेता माधवकुमार नेपाललाई पनि भेट गर्नुभएको छ ।

भेटमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीनले गर्ने सहयोगको विषयमा छलफल भएको बताइएको छ । ‘अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारी रोक्न चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत चीन सरकार र पार्टीबाट सहयोग जारी रहने अपेक्षा लिएको बताउनुभएको छ’, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिनुभयो । जवाफमा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने सहयोग जारी रहने बताउनुभएको थियो ।

नेकपाभित्र तिब्र अन्तसंघर्ष चलिरहेको बेला नेकपा नेताहरुसँग चिनिया राजदूतको भेटलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड एवं नेता नेपालको असमझदारी बढिरहेको छ । ओलीले पार्टी र सरकारमा एकलौटी काम गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा नै मागिरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको उच्चस्तरको सम्बन्ध रहेको छ । राजदूत यान्छी र नेकपा नेताहरुबीच भएको भेटवार्तामा पार्टी भित्रको विवाद र समाधानका उपायबारे समेत छलफल भएको अनुमान लगाउन सकिन्छ ।

नेकपा विदेश मामिला विभाग प्रमुख नेता नेपाल र राजदूत यान्छीबीच दुई देशबीचको सम्बन्धका विविध आयाममा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको छ ।

गत सोमबार चिनियाँ राष्ट्रपति सी चिङफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : १४ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको