२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

संक्रमण पुष्टी भएसंगै नेपालगन्ज र रुपन्देहीका बिभिन्न क्षेत्र प्रशासनबाट सिल



बुटवल । बांकेको नेपालगन्जमा एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्ज स्थित २ वटा मस्जिद ईलाकालाई सिल गरिएको छ ।

पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाको डिएसपी रोड महेन्द्र पार्कका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएपछि ती पुरुषको आउने जाने सम्भाबित क्षेत्रमा सिल गरिएको हो ।

भारतको सीमा क्षेत्र बहराइचबाट करिब एक महिनाअघि नेपाल फर्किएको बताईएको छ । नेपालगन्ज उपमहानगर वार्ड नम्बर ८ स्थित अन्सारी मस्जिद र वार्ड नम्बर १ धम्बोझीमा रहेको मस्जिद एरिया सिल गरिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार संक्रमित व्यक्ति वार्ड नम्बर ८ स्थित घरबाट हरेक दिन अन्सारी मस्जिदमा आउने जाने गर्दथे । आउने जाने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको प्रहरीले जनाएको छ । उनका श्रीमती र छोरा तथा नजिकका छिमेकीहरुको पनि कोरोना जाँच गरिने स्वास्थ्य कार्यालय बांकेका प्रमुख भिरजंग शाहले बताउनुुुभयो ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि संक्रमणको आशंका गरिएपछि धम्बोझीको मस्जिद क्षेत्र समेत सिल गरिएको छ । बांके डेडेवा गांउ पालिकाका युवा बिगत केहि वर्ष देखि धम्बोजी स्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० बर्षिय बृद्द सहित उनलाई पनि खजुरास्थित सशिल कोईराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो । उनको पनि बिहीबार स्बाव संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बांकी छ ।

यता आजै रुपन्देहीको २४ बर्षिय युवामा पनि संक्रमण पोजेटिभ देखिए पछि ती युवा बस्ने कोटहिमाई गांउपालिकाको पुर्निहवा गाउँ सिल गरिएको छ । कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ सिल गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले बताउनुभयो ।

सीमामा लिन गएका दाइलाई समेत क्वारेन्टाइनमा पठाइएको र परिवारलाई पनि भोली क्वारेन्टाइनमा पठाई सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताउनुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : १८ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको