२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

ताप्लेजुङको सदरमुकाममा आगलागी, ७ घर जले



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आज गएराती भिषण आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो अहिले बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ ।

आगलागीबाट सदरमुकाममा ७ वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थानीय भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागी फैलिएर ७ वटा घरसम्म पुगेको थियो । तप्लेजुङ प्रहरीका अनुसार दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

के कारणले आगलागी भएको भन्ने कारण नखुलेको प्रहरीले बताएको छ । अहिले प्रहरीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुने गरेको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : २२ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको