२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सिल गरिएको क्षेत्रका स्थानीयबासीको स्वाव संकलन सुरु



नेपालगन्ज । प्रदेश नम्बर ५ मा नै पहिलो खाता खोल्दै बाँकेको नेपालगन्जमा कोरोना संक्रमित भेटिए लगत्तै सिल गरिएका बिभिन्न क्षेत्रबाट स्थानीयबासीको स्वाव लिन सुरु गरिएको छ । सिल गरिएको क्षेत्रको सुरक्षा ब्यवस्था कडा पार्दै सिल गरिएका क्षेत्रमा बसोबास स्थानीयबासीको स्वाव संकलन सुरु गरिएको हो । शुक्रबार एक ब्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएलगत्तै नेपालगन्जको वार्ड नम्बर ८ स्थित अन्सारी मस्जिद र वार्ड नम्बर १ स्थित धम्बोझी मस्जिद वरिपरि सिल गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका ८ जोलाहनपुर्वा टोलबाट स्वाब संकलन सुरु गरीएको हो । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ब्यक्तिले सोही ठाँउको अन्सारि मस्जिदमा दिनको ५ पटक अजान गर्दै आएका थिए । उनि मस्जिदको मुअज्जिम थिए । उनले मस्जिद वरिपरिका विभिन्न बालबालिकाहरुलाई होम ट्युसन पढाउने गर्दथे ।

उनिसँग सम्पर्कमा आएका अनुमानीत १ सय जनाको स्वाव जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । संक्रमीत ब्यक्तिको ट्राभल हिष्ट्रि बुझ्दा उनी भारतबाट आएको नभै भारतबाट आउने जाने कसैबाट उनलाई संक्रमण भएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बांकेले अनुमान गरेको छ । उनी भारत गएको वा भारतबाट आएको पुष्टी हुन नसकेको फोकल पर्सन रुेष्ठले बताउनु भयो ।

कोरोना संक्रमण देखिएको तथा अन्य शंकास्पद स्थानमा शुक्रबार बाटै नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिंहकै नेतृत्वमा नेपालगन्जका शंकास्पद क्षेत्रमा चौबिसै घण्टा नेपाल प्रहरी र सेनाको टोलीले निगरानी बढाएको छ ।

अन्सारी मस्जिदका मोहज्जिम संगै नेपालगञ्ज धम्वोजीमस्जिदमा बस्दै आएका अर्का एक युवामा पनि संक्रमणको आशंका गरेर कोरोना अस्पताल खजुराको आइसोलेसनमा लगेर राखिए पनि हिजै उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । दुबैजनाको संगै स्वाव संकलन भएका कारण कम्तीमा ७ दिन आईसोलेसनमा राखि पुन परिक्षण गरेरमात्र घर पठाईने फोकल पर्सन श्रेष्ठले जानकारी दिनु भयो ।

डिएसपी रोड र अन्सारि मस्जिद वरपरको क्षेत्रलाई दमकलबाट डिसइन्फेक्सन गरि सेनिटाइज गर्ने तयारी भईरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ३ : ०१ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको