३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्रीसहित नेताहरुबाट आत्मालोचना, २५ गते स्थायी कमिटी बैठक बोलाउने नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा सबै सचिवालय सदस्यहरु आत्मालोचना गरेका छन् ।

पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सबै नेताहरुले आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’

बैठकले पार्टीलाई फुटको दिशातिर लैजाने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । प्रवक्ता श्रेष्ठले हाललाई पार्टीमा माधव कुमार नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने विषय टुंगिएको बताउनुभयो । ‘यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको यस्तो प्रस्ताव रहेपनि नेपालले नै अस्वीकार गरेको सन्दर्भमा यो विषय टुंगिएको छ’ उहाँले भन्नुभयो ।

बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय पनि गरेको छ । वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे के छलफल भयो भन्ने संचारकर्मीको प्रश्नमा ‘उपयुक्त समयमा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने वातावरण बनाउने निणर्य गरेको’ प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै, बैठकले कोरोना भाइरसको संक्रमण रोक्न पार्टी पंक्तिलाई एकजुट गराउने निर्णय गरेको छ । यस्तै, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पार्टीमा छलफल गरेर अघि बढाउने र बजेट समेत पार्टीको सुझावका आधारमा तयार गर्ने पनि निर्णय भएको छ ।

सचिवालय बैठकले बैठक २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । त्यसअघि बैठकको एजेण्डा तय गर्न बैशाख २४ गते पुनः सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ४० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका