४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालगन्जमा फेरी थपिए ६ जना संक्रमित, संख्या १६ पुग्यो



नेपालगन्ज । बाँकेको नेपालगञ्जमा सांझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्तीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्र १ जना संक्रमितले खाता खोलेको नेपालगन्जमा आइतबार मध्यान्ह ९ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जानकारी दिएको थियो । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा मात्र संक्रमितको संख्या १६ पुगेको छ । पछिल्लो संक्रमितहरुमा १६, २१ र ३४ वर्षका पुरुष तथा ४०,५५ र ६० बर्षिया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे सहित देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।

मन्त्रालयका अनुसार नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए।

देशभरका संक्रमितमध्ये १६ जना निकाे भएर घर फर्केका छन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको