२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

‘हामीले कसैलाई अपहरण गरेका छैनौं’, मानवअधिकार आयोगमा सांसद बस्नेत र श्रेष्ठको निवेदन



काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले कसैलाई अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको छ ।

सोमबार आयोगको कार्यालय पुगरे उहाँहरुले समाजवादी पार्टी (हाल जनता समाजवादी पार्टी )का सांसद यादवको अपहरण नगरेको प्रष्टिकरण बुझाउँदै आपुहरुहरु निर्दोष रहेको जिकिर गर्नुभएको हो ।

यसअघि डा. यादवले आफुलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा को माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिनुभएको थियो ।
जनकपुरस्थित घरमा रहनुभएका यादव बस्नेत, श्रेष्ठ र खनालसहित गत बैशाख १० गते मध्यराती काठमाडौं आउनुभएको थियो ।

आफ्नो पार्टी फुटाल्न सांसद यादवको अपहरण भएको तत्कालिन समाजवादी पार्टीले आरोप लगाएको थियो । तर, यादवले भने कहिले प्रधानमन्त्रीले बोलाएर काठमाडौं आएको, कहिले त्यसै जवरजस्ती गरेको, कहिले आफै आएको भन्दै अलगअलग बयान दिँदै आउनुभएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  २ : २१ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर