२१ भदौ २०८३, आइतबार | September 6, 2026

झापामा जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयमाथि शसस्त्र प्रहरीबाट हवाईफायर



झापा । जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकमाथि सशस्त्र प्रहरीले झापामा हवाई फायर गरेको छ ।

झापास्थित नेपाल–भारत सीमाबाट हुल बाँधेर आएका भारतीयले प्रहरीमाथि नैआक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि भारतीयहरु भागेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

कोइरालाका अनुसार एक सय जनाजतिको संख्यामा आएका भारतीय नागरिकले झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती प्रवेश गर्न खोजेका थिए । ‘सशस्त्र प्रहरीले रोक्न खोज्दा उल्टै आक्रमणको प्रयास भएपछि हवाई फायर गरेर भगाइएको हो’ कोइरालाले भन्नुभयो ।

नेपाल भारत सीमा नाका विगत ४३ दिनदेखि बन्द रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ४३ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा