६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

किचकिचे घरबेटी सार्बजनिक (भिडियो सहित)



बुटवल । काेराेना महामारीकाबीच कलाकारहरुले नयाँ शैलीबाट दाेहोरी गीत बजारमा ल्याएका छन् । कलाकारहरुले आफ्नै निवासबाट भिडियो सुटिङ्ग गरी दाेहाेरी तयार भएकाे छ ।

लकडाउनले समस्यामा रहेका भाडावाल र घरबेटीकाे विषयमा रहेर गुल्मी पराल्मीका स्रष्टा प्रदीप प्रखर पोखरेलले यो गीत लेखेका हुन् । उनकाे शब्द संकलनमा रहेको ‘छैन लाउन खान’ त्रिकोणात्मक दोहोरी युटुवबाट सार्वजनिक गरिएको हो ।

यस गितमा कोरोनाले निम्ताएको समस्यालाई मध्यनजर गर्दै घरवहाल छुटको विषयलाई मुख्य रुपमा उठान गरिएको छ । ‘यसपाली त कोरानाले गर्नुसम्म गरो, घरवेटीले हाम्लाई भाडा छुट दिन परो ।’– गितमा भनिएको छ ।

पछिल्लो समय कोरोनाकाकारण सृजना भएको समस्यालाई मध्यनगर गरेर गित रचना गरिएको संकलक तथा साहित्यकार पोखरेल बताउँछन् । ‘हामी गित मार्फत सचेतना फैलाउने प्रयास गरेका छौँ’ उनी भन्छन् –‘कोरोनाका कारण आय आर्जनमा समस्या भएको छ घरवेटीले यो कुरा बुझ्नु पर्छ ।’
गितमा गायकहरु महेश विक्रम पाण्डे, कृष्ण लामिछानेको साथमा गायीका पुजा गुरुङ्गले साथ दिएकी छन् ।

करिव दश मिनेटको गितको लय भने विनोद ढकालले तयार गरेका हुन् । पुनम अडियो एन भिडियोको व्यानरमा तयार भएको म्युजिक भिडियोमा चर्चित मोडलहरुले अभिनय गरेका छन् ।

चर्चित मोडल विमल अधिकारी, लोक दोहोरी गायिका टिका सनु, अनिता बस्नेत (मास्र्टनी)लगाएत एक दर्जन बढी कलाकारहरुले अभिनय गरेका छन् ।

पुनम एभिएस नेपालको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : ५७ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का