४ पुस २०८२, शुक्रबार | December 20, 2025

मुम्बइबाट आएर लुकिछिपी नेपाल छिरेका थिए कपिलवस्तुका दुई संक्रमित



बुटवल । बिहीबार कोरोना भाइरसको संक्रमण देखिएका कपिलवस्तुका १६ र २२ वर्षका २ युवक भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको खुलासा भएको छ । उनीहरु नेपाल छिरेको थाहा भए लगत्तै दुबै जनालाई मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई स्थानीयवासीले समातेर क्वरेन्टाइनमा राखेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनु भयो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गर्दा आज कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको थियो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको छ । दुई संक्रमित भेटिए लगत्तै शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङको तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश ५ का १२ जिल्ला मध्य तीन जिल्लामा कोरोना संक्रमित भेटिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ११ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको