४ आश्विन २०८३, आइतबार | September 20, 2026

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहेका छन ।

निर्वाचन आयोगको मतगणना प्रणालीमा प्रविष्ट परिणामअनुसार हालसम्म सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई चार हजार ४३१ मतले पछाडि पारेका छन । सिंहले ११ हजार ३८३ मत ल्याउँदा थापाले छ हजार ९५२ मत पाएका छन ।

क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन ।

क्षेत्र नं २ मा रास्वपा उम्मेदवार रबिन महतो २८ हजार ९९१ मतसहित अगाडि छन । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले ६ हजार ७५ मत ल्याएका छन ।

सर्लाही क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार नितिमा भण्डारी ९कार्की०ले २४ हजार १८६ मत ल्याई अगाडि छन । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ३ हजार ६३४ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मनोजकुमार देवकोटाले ३ हजार ३३७ मत ल्याएका छन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ९ : ५० बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब