५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : अधिकांश क्षेत्रमा बदली, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केहि स्थानहरुमा वर्षा भईरहेको छ भने बाँकी भु-भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भु-भागमा सामान्य बदली रहनेछ भने बाँकि भु-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भु-भागका केही स्थानहरुका साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राती देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वाँकी भु-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भु-भागका केही स्थानहरु लगायत मध्य र पुर्वका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता