४ पुस २०८२, शुक्रबार | December 19, 2025

एयर इण्डियाका ५ पाईलटमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २१०९



बुटवल । भारतको एयर ईण्डीयाका पाँच पाईलटमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नियमित उडान भर्नु ७२ घण्टा पहिले गरिने भाइरस परीक्षणमा उनीहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको भारतीय खबर पत्रिका अमर उजालाले लेखेको छ ।

एयर इण्डिया स्रोतका अनुसार संक्रमित पाईलटहरू हाल मुम्बईमा चिकित्सकहरुको निगरानीम राखिएको छ । केहिदिन अगाडी ती पाइलटहरूले कार्गो एयरक्राफ्ट लिएर चीनको लागि उडेका थिए। एयर इंडियाले उनीहरु चाईनाबाट फर्केको स्विकार गरेको छ ।

पछिल्लो समय भारतले एयर इण्डियाको जहाज चीनबाट मेडिकल समाग्री आपूर्तिका लागि पठाउने गरेको थियो।

पछिल्लो २४ घण्टामा भारतमा १२७ जनको मृत्यु :

भारतमा कोरोना भाइरसले संक्रमित बिरामीहरूको संख्या निरन्तर बढिरहेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार गत २४ घण्टामा ३२७७ नयाँ संक्रमित थपिएका छने भने १२७ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना पोजिटिभको संख्या बढेर ६२९३९ पुगेको छ । भारतमा २ हजार १ सय ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ३ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको