१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म क्षेत्र नंं १ र ३ मा रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् भने क्षेत्र नं २ मा नेकपा ९एमाले० का उम्मेदवार अगाडि छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीका अनुसार क्षेत्र नं १ मा दश हजार ६३५ मत गणना गर्दा रास्वपाका सुरेश थारुले पाँच हजार ८५७, नेपाली कांग्रेसका नारायण गौडेलले २०४५, एमालेका सूर्य ढकालले एक हजार २७८ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डेले ६२३ मत प्राप्त गर्नुभएको छ ।

बाँके क्षेत्र नं २ मा हालसम्मको परिणामअनुसार एमालेका मोहम्मद इस्तियाक राईले पाँच हजार २४४, नेपाली कांग्रेसका सुधांशु कोइरालाले चार हजार १०० र रास्वपाका विवेक श्रेष्ठले दुई हजार ५८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं ३ मा रास्वपाका खगेन्द्र सुनारले पाँच हजार २९७, एमालेका सुमन मल्लले दुई हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले एक हजार ७४१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : १४ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित