२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कलंकीमा मोदीको पुत्ला दहन, गो ब्याक इण्डियाको नारा लाग्यो



काठमाडौ । लिपुलेक-कालापानी-मानसरोबर मार्गका लागि नेपाली भुमि मिचेर भारतले सडक बनाएपछि नेपालमा बिरोध प्रदर्शनको सृङ्खला सुरु भएको छ । सत्तारुढ दलकै युवा बिद्यार्थी संगठन देखि बिभिन्न भ्रष्टाचार बिरोधी संस्थाहरु लकडाउनको उल्लंघन गर्दै प्रदर्शनमा उत्रेका हुन् ।

विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमाभित्रै पर्ने भारतको दाबी छ ।

लिपुलेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । अभियानले जलाएको पुत्ला केही बेरमा प्रहरीले नियन्त्रणमा लिई आगो निभाएको थियो।

प्रदर्शनकारीले आफ्नो भूमि मिच्दा पनि केही थाहा नपाए झैं नेपाल सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका थिए ।प्रदर्शनमा नालायक सरकार मुर्दावाद, बरु लडी मर्ने छौ स्वाधीनताका निम्ति लान दिन्नौ कसैलाई माटो एक चिम्टि लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। प्रदर्शनक्रममा गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १९ बजे

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना