२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

सीमावर्ती क्षेत्रका क्वारेनटाईन भरिभराउ, सरकार भन्छ सिमामा सिल छ



कपिलवस्तु । सरकारले सिमामा सिल गरेपछि पनि कपिलवस्तुमा १ हजार बढी नेपालीहरु सिमाबाट नेपाल प्रवेश गरि क्वारेन्टाईनमा बसेकाछन् । कपिलवस्तुका १० पालिकाले संचालन गरेका १ हजार ७ सय ८८ क्वारेनटाइन बेडमा १ हजार ३सय ७९ जना छन् । उनीहरु सबै सरकारले सिमा सिल गरेपछि नेपाल भित्रिएका हुन् ।

क्वारेनटाइनमा बसेकाहरु भारतका बिभिन्न शहरबाट फर्केकाहरु रहेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

जुन अनुपातमा कपिलवस्तु नाकाबाट नेपालीहरु नेपा भित्रिएकाछन् त्यती नै अनुपातमा सिमा पारी दशगजामा नेपालीहरुको बेहाल देखिएको छ । आइतवार साँझ ५ बजेसम्म जिल्लाका ७ नाकामा १ हजार ८ सय ५४ जना अलपत्र छन् ।

त्यस मध्ये १ हजार ८ सय १६ जना कपिलवस्तुका र बाँकी ९ जिल्लाका हुन् । जसमा दाङका ७, प्युठानका ११, बर्दियाका एक बाँकेका एक, अर्घाखाँचीका २, सिन्धुपलाञ्चोकका १, अछामका ५, कैलालीका ८ र रुपन्देहीका २ जना रहेका छन् ।

उता बांकेको अवस्था पनि कपिलवस्तुको भन्दा फरक छैन । बांकेको जमुनाहा नाकाबाट मात्र सिमा सिल भएपछि ४ हजार बढी नेपाल प्रवेश गरेकाछन् भने खुल्ला सिमानाको फाईदा उठाउंदै हरेक दिन नेपाल भित्रिने क्रम रोकिएको छैन । खेत, जङ्गल र खोलाको बाटो हुंदै भित्रिने क्रम नरोकिएको बांकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले स्विकार गर्नुभएको छ । बांकेमा लकडाउन पछि १ हजार ६ सय २८ लाई क्वारेनटाईनमा राखिएकोमा १ हजार २ सय ३९ जना स्वास्थ्य परिक्षण गरि घर पुगेका छन् ।

रुपन्देहीमा संक्रमित भेटिएका युवा पनि सिमा सिल भएपछि नै नेपाल भित्रिएका थिए । रुपन्देहीको सिमा नाकाबाट पनि हरेक दिन मानीस भित्रिने क्रम रोकिएको छैन । भारतमा ६२ हजार बढीमा संक्रमण फैलिंदा र २१०९ जनाको मृत्यु हुंदा खुल्ला सिमा जोडिएको नेपालमा बस्तीहरुमा जोखिम बढेको छ । राज्यले घोषणा गरेको सिमा सिल कार्यान्वयन हुन नसक्दा यस्तो जोखिम बढेको हो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : २८ बजे

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

कांग्रेसले मुस्ताङबाट खोल्यो पहिलो खाता

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट पहिलो खाता खोलेको