१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

नेपालमा पहिलो कोरोना संक्रमितको जिन बिदेशीलाई दिएको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदले थाल्यो कारवाहि प्रक्रिया



काठमाडौं । सरकार र सम्बद्ध निकायलाई थाहै नदिई कोरोना भाइरसको जिन [जनेटिक] विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको आरोपमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झासहित ६ जनालाई स्पष्टिकरण सोधिएको छ । नेपालमा पहिलो कोरोना संक्रमित नेपाली युवाको जेनेटिक बिदेशी संस्थालाई परिक्षण गर्न दिंदा सम्बन्धीत निकायसंग अनुमति नलिएको र जानकारी समेत नदिएको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएको हो ।

स्वास्थ्य अनुसन्धान परिषदले राष्ट्रिय प्रयोगशालाका डा. रन्जीत साह र डा. रुना झा, सोहि अस्पतालका डा. अनुप बास्तोला, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. विवेक कुमार लाल, डा. हेमन्त चन्द्र ओझा र डा. वासुदेव पाण्डेलाई सो स्पष्टीकरण सोधेको हो।

एकसाताको म्याद राखेर वैशाख २९ गतेको पत्रमा उनीहरुलाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ ।

विदेशीहरुलाई समेत संलग्न गरी माइक्रो बायालोजी रिसोर्स अनाउन्सेमन्टमा प्रकाशन गरेको अनुसन्धान लेख गैरकानुनी भएकाले तपाईहरुलाई किन कारबाही नगर्ने ? स्पष्टिकरणमा भनिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ बमोजिम कुनै पनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषदको पूर्वस्वीकृत लिनुपर्छ । तर, निर्देशक झा सहित ६ जनाको टोलीले स्वीकृति नलिई अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाश गरेको पाइएकाले कारबाही प्रक्रिया अघि बढाएको बताईएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ ९३० बमोजिम परिषद्को मिति २०७७बैशाख २६ मा उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय भएको थियो ।

उनीहरुले नेपालको प्रचलित कानुन र आचारसंहिता विपरित नेपालीको भाइरस बेचेको आरोप लागेको छ । नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका युवाको भाइरसको नमूना परीक्षणका लागि हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यतिबेलासम्म नेपालमा कोरोना परीक्षण प्रयोगशाला बनिसकेको थिएन ।

ती युवालाई कोरोना संक्रमण भए नभएको पत्ता लगाउन मात्र पठाइएको नमूना सरकारलाई थाहौ नदिई उनीहरुले विदेशी संस्थालाई अन्य प्रयोजनका लागि अनुसन्धान तथा सिक्वेन्सिङ गर्न दिइएको खुलेपछि कारबाही अघि बढेको हो । सबैजनाले आफूहरुबाट गम्भिर गल्ति भएको स्वास्थ्य मन्त्रालयको आन्तरिक बैठकमा स्वीकार गरेका छन् ।

एउटा प्रयोजनका लागि पठाइएको भाइरसको नमूना अन्य प्रयोजनमा प्रयोग गर्न दिइनु नेपालको कानुन विपरितमात्र होइन बायोमेट्रिक सम्बन्धी महासन्धी र नोगोयो प्रोटोकल २०१४ को पनि विपरीत हो । स्वास्थ्य मन्त्रालय अन्तर्गतका यी चार अधिकारीले सो नमूना प्रयोग गर्न मौखिम सहमति दिएको बताएका छन् ।

एक अमेरिकी संस्था सोसाइटी फर माइक्रो बायोलोजी जर्नलमा प्रकाशित उनीहरु सहित ९ जना अनुसन्धानकर्ताले तयार पारेको रिपोर्ट मन्त्रालयसम्म आइपुगेपछि सो अवैध कार्यकोबारेमा खुलासा भएको थियो ।

अमेरिकी जर्नलमा प्रकाशित उक्त आलेखका प्रमुख लेखक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित साह र कोलम्बियाको युनिभर्सिडाड टेक्नोलोजीका अल्फोन्सो जे. रोड्रिगेज मोरालेस हुन्। दुवैको बराबरी योगदान रहेको अध्ययनमा उल्लेख छ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ९ : ३६ बजे

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन्

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान