३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको मध्य तथा पूर्वी भू-भाग र पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र मध्य भू-भागहरु तथा पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आज राती देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ ।

पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ७ : २९ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र