२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

कोरोना संक्रमित भागे सुरक्षाकर्मीले गोली चलाउन पाउने



काठमाडौं । उपचारका लागि अस्पताल भर्ना भएका वा आइसोलेसनमा रहेका कोरोना संक्रमित भाग्न थालेपछि सरकारले कडाई गर्न थालेको छ ।

पछिल्लो समय पर्साबाट २ जना संक्रमित भागेपछि कडाई गर्न सर्बत्र माग हुंदै आएको थियो । परिणामस्वरुप पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसन वा अस्पतालबाट भागे सुरक्षाकर्मीले गोली चलाउन सक्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।

बैठकले ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी कडा बनाउने पनि निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १२ : १८ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३