२२ चैत्र २०८२, आइतबार | April 6, 2026

अव गीत संगीतमा पनि कालापानी लिपुलेक (भिडियोसहित)



बुटवल । राजनितीक क्षेत्रमा तातो बहसकारुपमा आएको कालापानी लिपुलेकले नेपालका हरेक क्षेत्रलाई प्रभाव पार्न सुरु गरेको छ । युवा बिद्यार्थि र राष्ट्रबादीहरुले नेपाली भुमि गुमेको बिषयमा अवाव उठाईरहेका बेला कबि कलाकारहरुले पनि देशप्रेमले भरिएको सिर्जना गर्न थालेकाछन् ।

कालापानी र लिपुलेकमा नेपाली भुमिमा भारतले बाटो बनाएको बिषयले चर्चा पाएसंगै लोकप्रिय गायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको स्वरमा भरखरै राष्ट्रिय भावको गीत सार्वजानीक भएको छ । आमा तिम्रो छाती सिर्सक दिईएको गीतले कालापानी सहित नेपालको गुमेको भुमि फिर्ता गर्न सन्देश दिएको छ ।

‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मूलबाटो’ गीत सर्जक रमेश बी.जी.ले रचना गरेका हुन् । पटक पटक नेपाली भूमि अतिक्रमण गर्दै आएको छिमेकी मुलुक भारतले सुदूरपश्चिमको ठूलो नेपाली भूभाग लिपुलेक र कालापानी कब्जा गरी सडक निर्माण गरेको बिषयलाई गीतमा समेटिएको छ ।

गीतमा भारतीय विस्तारवादी चरित्रलाई उदाङ्गो पारिएको छ भने लिपुलेक र कालापानी बाहेक पनि अरु धेरै नेपाली भू-भाग भारतले अलिअलि गर्दै कब्जा गरिसकेको कुरा उल्लेख गरिएको छ । गीतले बीर सपुतहरु अमरसिंह र बलभद्रको स्मरण गर्दै राष्ट्र जोगाउन फेरी जाग्न आम नेपालीलाई आह्वान गरिएको छ । नारायण रायमाझी र शान्तिश्रीको सुमधुर स्वरले धेरै नेपालीहरुको सुतेको स्वाभिमान पुनः जागृत गराउन सक्ने अनुमान गर्न सकिन्छ ।

गीतमा नारायण रायमाझीकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन बी. बी. अनुरागीले गरेका छन् । यसैगरी तेजेन्द्र गुरुङको रेकर्डिङ र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको यस गीतमा हेमन्त कान्छाले सारङ्गी र रत्न बि. क. ले बाँसुरी बजाएका छन् । अपलोड भएको २४ घण्टा पनि पूरा नहुँदै गीतको भिडियो लगभग ७० हजार पटक हेरिएको छ ।

अक्षरमा गीत
आमा तिम्रो छातीको पाटो
छिमेकीले बनायो मूलबाटो

लिपुलेक र कालापानी सुस्ता मेरै थियो
भन्थे बरै पुर्खाले त अझै धेरै थियो
निमो*ठेर खायो हजुर चिमोटेर खायो
आज आफ्नै छिमेकीले उठिबास लायो

किन यति कमजोर भयो गोर्खालीको छाती
पराईले परेड खेल्दा आफ्नै छातीमाथि
आफ्नो माटो जोगाउन माटै बनम् बरू
व्युँझ न ए अमरसिंह र बलभद्रहरु

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ३ : ४३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको