४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालमा कोरोनाबाट पहिलो मृत्यु



काठमाडौं । आखिरमा जे नहोस भनिएको थियो, त्यही भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ ।

धुलिखेल अस्पतामा उपचारका लागि आएकी सिन्धुपाल्चोक बाह्रविसेकी २९ वर्षीय महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासको समस्यासहित आएकी ती महिलाको धुलिखेल अस्पतालमा ल्याएको केहीबेरमै निधन भएको थियो ।

मृतक महिलाको आरडीडी परीक्षण पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि गरिएको पीसीआर परीक्षण शंकास्पद देखिएपछि शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

ज्वरो एवं स्वासप्रस्वासमा गम्भीर समस्या देखिएपछि ती महिलालाई बिहीबार साँझ अस्पताल पुर्याइएको थियो । उनी ९ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सुत्केरी भएकी थिइन । त्यसपछि घरपुगेकी उनी बिरामी परेपछि स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार गर्दा निको नभएपछि धुलिखेल अस्पताल लगिएको थियो ।

तर, अवस्था अत्यन्तै चिन्ताजनक भएकी उनको भेन्टिलेटरमा राख्ने व्यवस्था मिलाउँदा मिलाउँदै उनको निधन भएको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ९ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको