२२ माघ २०८२, बिहिबार | February 5, 2026

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्युबारे अनुसन्धान जारी : स्वास्थ्य मन्त्रालय



काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको थप परीक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलालाई गत बिहीबार धुलिखेल अस्पताल पुर्याइएको थियो । तर, उनको अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो ।

सुरुमा गरिएको आरडीटी परीक्षण पोजेटिभ देखिएपछि उनको धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण शंकास्पद देखिएपछि थप जाँचका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

यससम्बन्धमा विस्तृत विवरण संकलन गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप अनुसन्धान भैरहेको बताउनुभयो । ‘विस्तृत विवरण लिइरहेका छौँ । कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन् । रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ ’ उहाँले भन्नुभयो ।

मृतक महिलाको आफन्तको समेत स्वाब निकालेर परीक्षण सुरु गरिएको छ । अस्पतालले शनिबार दिउँसो मृतकको श्रीमान, सासु र नन्द र नवजात शिशुको स्वाब परीक्षण गर्न थालिएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ४ : ५२ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३