४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्ट किट्स हस्तान्तरण



काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर टेस्ट किट सहयोग स्वरुप उपलब्ध गराएको छ ।
भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्थास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराउनु भएको हो ।

माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ । पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफैपनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

उहाँले कोरोना भाइरस विरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन समेत राजदूत क्वात्रालाई आग्रह गर्नुभयो ।

भारतले गत वैशाख १० गते कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ३ : ०५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज