२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

ईद-उल-फित्रको ईदि नमाज घरमै पढ्न मुस्लिम आयोगको आग्रह



काठमाण्डौ । रमजानको १ महिना घरमै बसेर नमाज पढेका देशभरीका मुस्लिम समुदायलाई राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढन आग्रह गरेको छ ।

मुस्लिम आयोगको आइबार बसेको बैठकले देशभरीका मुस्लिम समुदायलाई ईद उल पित्रको नमाज घर भित्रै पढ्न आग्रह गर्ने निर्णय गरेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले जानकारी दिनु भयो । समुदायले रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन इदगाहा मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताउनु भयो । उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य समेत नगर्न आग्रह गर्नुभयो ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत बस्ने र महिना पुरा भएको दिमा चन्द्रमा हेरेर ईद–उल–फित्र मनाउने चलन रहेको छ । यस दिन सामुहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ । ईदि नमाज पढ्नु अघि दान दक्षिणा गर्ने र नमाज पढेपछि सबैसंग गला मिलाएर ईद मिलन गर्ने समुदायमा चलन रहंदै आएको छ । यस वर्षको ईद–उल–फित्र सम्भवत आगामी आइतबार मनाईदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ७ : १२ बजे

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक