४ पुस २०८२, शुक्रबार | December 19, 2025

ईद-उल-फित्रको ईदि नमाज घरमै पढ्न मुस्लिम आयोगको आग्रह



काठमाण्डौ । रमजानको १ महिना घरमै बसेर नमाज पढेका देशभरीका मुस्लिम समुदायलाई राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढन आग्रह गरेको छ ।

मुस्लिम आयोगको आइबार बसेको बैठकले देशभरीका मुस्लिम समुदायलाई ईद उल पित्रको नमाज घर भित्रै पढ्न आग्रह गर्ने निर्णय गरेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले जानकारी दिनु भयो । समुदायले रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन इदगाहा मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताउनु भयो । उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान गर्ने कार्य समेत नगर्न आग्रह गर्नुभयो ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत बस्ने र महिना पुरा भएको दिमा चन्द्रमा हेरेर ईद–उल–फित्र मनाउने चलन रहेको छ । यस दिन सामुहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ । ईदि नमाज पढ्नु अघि दान दक्षिणा गर्ने र नमाज पढेपछि सबैसंग गला मिलाएर ईद मिलन गर्ने समुदायमा चलन रहंदै आएको छ । यस वर्षको ईद–उल–फित्र सम्भवत आगामी आइतबार मनाईदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ७ : १२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा