४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तुको क्वारेन्टाइन केन्द्रबाट ४५ जना फरार



कपिलवस्तु । बाँकेको नरेनापुरस्थित क्वारेन्टाइनमा रहेका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको समाचारले चिन्ता बढाइरहेका बेला कपिलवस्तुको दुई वटा क्वारेन्टाइनबाट ४५ जना व्यक्ति फरार भएका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका– ८ का दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका हुन्।

उनीहरु शुक्रबार र शनिबार राति क्वारेन्टाइन छोडेर घर फर्किएका हुन् ।

शुक्रबार राति खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनमा बसेका ३० जना र शनिबार राष्ट्रिय निमाबि सिंहखोरका१५ जनाले  क्वारेन्टाइन छोडेको स्थानीय वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले बताउनुभयो ।

भारत र अन्यत्रबाट आएका सबै जनालाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरू भागेका हुन् ।

यशोधरा गाउँपालिकाकै १२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेपछि स्थानीयमा भने त्रास बढेको छ ।

अधिकांश क्वारेन्टाइन केन्द्रको सुरक्षा व्यवस्था कमजोर रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ९ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको