११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उच्चस्तरीय समन्वय समिति बैठक बस्दै, स्वदेश फर्किन चाहने नागरिकबारे छलफल गर्ने



काठमाडौं । कोरोना भाइरको महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली र लकडाउनको मोडाटिलीबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

सरकारले विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिक स्वदेश फर्किन चाहे ल्याउने गरी तयारी थालेको थियो ।

वैदेशिक रोजगारीको क्रममा विदेश गएका एवं विद्यार्थीहरुलाई स्वदेश फिर्ता कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेको सरकारले त्यसैका आधारमा समितिमा छलफल गर्न लागेको हो ।

मंगलबार बस्ने कोरोना महामारी नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गर्नसक्ने समितिका एक सदस्यले बताए । बैठकमा भारत र तेस्रो मुलुकबाट नेपाल आउन चाहनेहरुलाई कसरी ल्याउने, कति संख्यामा ल्याउने, कसरी राख्ने भन्ने बारेमा छलफल हुनेछ ।

विदेशमा अलपत्र नागरिकका विषयमा संसदमा पनि कुरा उठेको थियो । संसदमा मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदैहुनुहुन्छ ।

यस्तै, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेपछि उच्चस्तरीय समितिले यसको मोडालिटीबारे समेत छलफल गर्ने बुझिएको छ ।

सरकारका प्रवक्ता अर्थ तथा संचार एवं सूचनामन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार लकडाउनलाई प्रभावकारी र सहज कसरी बनाउन सकिन्छ भन्ने बारेमा समितिमा छलफल हुने बताउनुभएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १० : ५० बजे

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको

सिद्धबाबा सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी