५ पुस २०८२, शनिबार | December 20, 2025

संक्रमित पनि थपिंदै निको हुनेको संख्या पनि बढ्दै, एकै दिन ७५ थपिए, १९ निको भए



बुटवल । नेपालमा जति संक्रमित बढ्दै छ उति बढी निको हुनेको संख्या पनि थपिंदै गएको छ । बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जनाले कोरोनो जितेको भोलिपल्ट आज बुटवलको कोरोना विशेष अस्पतालबाट एकसाथ १० जना र बीरगंज स्थित नारायणी अस्पतालबाट ९ जनाले कोरोना भाइरसलाई पराजित गरेकाछन् ।

आज बुटवल स्थित बिशेष अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुुन्। दुई साता अघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

३६ जनाले उपचार गराईरहेका कोरोना बिशेष अस्पतालमा १० जना निको भएर फेर्क पछि १० बेड खालि भएको छ । खालि बेडमा आइसोलेसन नपाएर क्वारेन्टाइनमा राखिएको संक्रमितलाई राखिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनु भयो ।

यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन्। प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या आज सम्ममा सबैभन्दा धेरै २ सय ७१ छ। जसमध्ये ३२ जना निको भएकाछन् भने २ जनाले ज्यान गुमाएका छन् ।

मेडिकल सुपरिटेन्डन डा. खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताउनुभयो। लकडाउनको पालना गरेर घरमै बस्नुपर्ने र सरसफाइमा ध्यान दिनु पर्ने उहांको भनाई छ ।

उता नारायणी अस्पताल बीरगंजबाट पनि आजै ९ जना संक्रमित निको भएर घर फर्केका छन् । प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका उनीहरु झण्डै २१ दिनको अस्पताल बसाई पुरा गरेर घर फर्केका हुन् । नेपालमा अहिले सम्म ७९ जनाले कोरोना भाइरस बिरुद्ध बिजयी हासिल गरेका छन् ।

आज मात्र नेपालका बिभिन्न प्रयोगशालाहरुले ७५ जनामा संक्रमण भएको पुष्टी गरेको छ । नेपालमा संक्रमितहरुको संख्या ५९१ पुगेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ८ : ४८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता