३ पुस २०८२, बिहिबार | December 19, 2025

कोभिड-१९ बिरुद्धको लडाई सफल पार्न मुख्यमन्त्रीले गरे सुरक्षाकर्मी र गाडी फिर्ता



सुर्खेत । कोरोना भाइरस बिरुद्धको सरकारी गतिबिधि प्रभावकारी बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी र गाडी फिर्ता गरेका छन् ।

स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु मुख्यमन्त्री कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएका हुन् । कोरोना महामारी रोकथाम र नियन्त्रणकाका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेको मुख्यमन्त्री शाहीले बताउनु भएको छ ।

मुख्यमन्त्री शाहीले सुरक्षाकर्मीको अभावमा क्वारेन्टाइन स्थलमा दुईजना प्रहरीले सुरक्षा दिन बाध्यभएको देखेर आफुले सुरक्षाकर्मी फिर्ता गरेको बताउनु भयो ।

मुख्यमन्त्रीको सुरक्षामा एक । एकजना सई, असई, हवल्दार र चारजना सिपाही गरी ७ जना प्रहरी र एकजना ड्राइभर खटिएका थिए ।

मुख्यमन्त्रीले फिर्ता गरेका प्रहरीले शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयमा डियुटी सुरु गरिसकेका छन् ।विद्यमान समयमा आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दा पनि कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेल्न आवश्यक रहेकाले सुरक्षाकर्मी फिर्ता गरेको मुख्यमन्त्री शाहीको भनाइ छ।

कोरोनाकै कारण जनतामा भाइरस संक्रमणसँगै त्रास बढ्दै गएको भन्दै शाहीले प्रदेश राजधानी सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन, संक्रमितलाई अस्पताल लाने लगायतका विभिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम भएको बताउनु भयो ।

विगत लकडाउनको दुई महिना अवधिसम्म कोरोना संक्रमण नदेखिएको कर्णाली प्रदेशमा गत सातादेखि संक्रमित संख्या पनि बढ्दै गएको छ। भारतबाट प्रदेश भित्रिनेको संख्या पनि बढ्दै गएपछि संक्रमणको थप जोखिम बढ्न सक्ने प्रदेश सरकारले आंकलन गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ५ : १५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको