५ श्रावण २०८३, मंगलबार | July 21, 2026

१४ खर्ब नबढ्ने गरी बजेट ल्याउन काँग्रेसको सुझाव



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षका लागि १४ खर्ब नबढ्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाली काँग्रेसले पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा गठन गरेको अर्थतन्त्र विशेष समितिले साढे १३ अर्बदेखि १४ अर्बभित्र रहनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो । समितिले देशको समग्र अर्थतन्त्रको अवस्था अध्ययन गरी यो सुझाव दिएको हो ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुनप्राथमिकीकरण, मितव्ययीता तथा आर्थिक अनुशासनबाट खर्चलाई बाञ्छित सीमामा राख्न सुझाव दिएको छ ।

प्रतिवेदनमा राजश्व बाँडफाँट गरेपछि संघीय राजश्व ९ खर्बसम्म हुने अनुमान गरिएको छ । आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करीव ५ प्रतिशत रहने गरी २ खर्बको हाराहारीमा उठाउन सकिने कांग्रेसले बताएको छ । विदेशी ऋण स्रोत र शर्तका आधारमा २ खर्ब २५ अर्बसम्म उठ्ने अनुमान गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ६ : १५ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको